१२ साउन २०८३, मंगलबार

‘सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधारमा सरकार केन्द्रित छ’: गृहमन्त्री गुरुङ

Logo
रासस शनिबार, आषाढ २०, २०८३

मोरङ, २० असार । गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताउनुभएको छ ।

नेपाल–भारत सीमाक्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिन यहाँ आउनुभएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रहरी कार्यालयका जीर्ण भवन तथा भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

देशका विभिन्न जिल्लास्थित प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको जानकारी आफूलाई भएको उल्लेख गर्दै उहाँले ती संरचनाको पुनःनिर्माण तथा स्तरोन्नतिका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री गुरुङले चोरीतस्करी नियन्त्रण, सुरक्षा निगरानी विस्तार तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउन गृहप्रशासन क्रियाशील रहेको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300