१० जेठ २०८२, शुक्रबार

आईसीसी महिला टी–२० विश्वकप आजदेखि शुरू हुँदै

Logo
आजको अपडेट बिहिबार, आश्विन १७, २०८१

विराटनगर । आईसीसी महिला टी–२० विश्वकप आजदेखि शुरू हुँदैछ । यूएईमा हुने महिला टी–२० विश्वकपमा २०२४ मा १० वटा टोलीको सहभागिता रहेको छ । बङ्गलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक अस्थिरताले आईसीसीले टी–२० महिला विश्वकप यूएई सारेको हो ।

कात्तिक ४ गतेसम्म हुने प्रतियोगिताको समूह ‘ए’ मा अष्ट्रेलिया, भारत, पाकिस्तान, न्यूजिल्याण्ड र श्रीलङ्का छन् । समूह ‘बी’ मा बङ्गलादेश , इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्याण्ड रहेका छन् । हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बङ्गलादेशले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ४ बजे शारजाहमा शुरू हुनेछ ।

आजै राति पौने ८ बजे पाकिस्तान र श्रीलङ्का पनि खेल्नेछन् । यस पटककको महिला टी–२० विश्वकप दूबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम र शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300