१२ जेठ २०८२, आइतबार

केराबारी गाउँपालिकाका क्रसरमा ज्यानमारा खाल्डो, लियो दुई बालकको ज्यान

Logo
आजको अपडेट शुक्रबार, आश्विन १८, २०८१

विराटनगर– मोरङको केराबारी गाउँपालिका ८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर दुई जना नाबालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा केराबारी ८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं छन्। उनीहरूको बुधबार दिउँसो क्रसले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरमा काम गर्ने गरेका थिए ।

नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३-४ बजेतिर पाएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको कृष्णबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले सुरूमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो। पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300