१२ साउन २०८३, मंगलबार

किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण

Logo
डुमरलाल मेहता सोमबार, आषाढ २२, २०८३

विराटनगर, २२असार । सुनसरीको गढी गाउँपालिकाले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्दै किसानको उत्पादन लागत घटाउने उद्देश्यले ६१ जना किसानलाई ५० प्रतिशत अनुदानमा च्यापकटर (कुट्टी काट्ने मेसिन) वितरण गरेको छ।

आइतबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि ५० प्रतिशत लागत कोशी प्रदेश सरकारको सहयोग तथा बाँकी ५० प्रतिशत लागत किसानको सहभागितामा च्यापकटर वितरण गरिएको पशु शाखा प्रमुख कुन्दन यादवले जानकारी दिनुभयो।

आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष आश नारायण चौधरी र उपाध्यक्ष अनित साहले किसानलाई च्यापकटर हस्तान्तरण गर्नुभएको थियो।

गाउँपालिकाका अनुसार वितरण गरिएको च्यापकटरले हरियो घाँस तथा पराल काट्ने कार्यलाई सहज बनाउने भएकाले पशुपालक किसानलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300