२१ जेठ २०८३, बिहिबार

इनरुवामा स्टार डेन्टल हस्पिटलको नयाँ शाखा उद्घाटन

Logo
आजको अपडेट मंगलबार, आश्विन २२, २०८१

बिराटनगरमा मुख्य कार्यालय रहेको स्टार डेन्टल हस्पिटल प्रा. लि. ले आफ्नो नयाँ शाखा इनरुवा नगरपालिका वडा नं. १ मा स्थापना गरेको छ ।

इनरुवा हस्पिटल गेट नजिकै अवस्थित यो नयाँ शाखाको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले गरे । उद्घाटन समारोहमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका पूर्व यातायात राज्यमन्त्री सीताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता, कोशी प्रदेश सभा सदस्य इसराइल अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अखतर आजाद र काँग्रेसका नेता जमिल अन्सारी लगायतका गणमान्य व्यक्तिहरू उपस्थित थिए ।

यो नयाँ शाखाले इनरुवा र आसपासका क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको दन्त सेवा प्रदान गर्ने स्टार डेन्टल हस्पिटलका प्रमुख पुर्णराज यादव जानकारी दिए ।

स्टार डेन्टल हस्पिटलको यो विस्तारले स्थानीय स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास रहेको जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300