२१ जेठ २०८३, बिहिबार

कोशी प्रदेश सभाका सभामुखद्वारा बडा दशैंको शुभकामना

Logo
सन्तोष मेहता बिहिबार, आश्विन २४, २०८१

कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले बडा दशैं २०८१ को अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

सन्देशमा सभामुख विष्टले हालै नेपालका विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी पीडितहरूको खोजी कार्य तीव्र रूपमा गर्न र उचित राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् ।

सभामुख विष्टले बडा दशैंले नेपालीहरूबीच पारस्परिक सद्भाव, सहिष्णुता र भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक शुभकामना दिएका छन् ।

सन्देशको अन्त्यमा सभामुखले चाडपर्व र संस्कृतिहरूले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै माता दुर्गा भवानीले सबै नेपालीबीच एकता र सहिष्णुतामा आधारित समाजको निर्माण गर्न प्रेरित गरुन् भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300