१२ साउन २०८३, मंगलबार

सार्वजनिक बिदामा पनि बैंक भुक्तानी प्रणाली सञ्चालन हुने

Logo
आजको अपडेट बिहिबार, आषाढ २५, २०८३

काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको सार्वजनिक बिदाको दिनमा पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली सञ्चालन हुने जनाएको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले आज सार्वजनिक सूचना जारी गरेर शनिबार र आइतबार सार्वजनिक बिदाको दिनमा पनि रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने बताइएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि यस्तो व्यवस्था गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300