१२ जेठ २०८२, आइतबार

दशैँ टीकाको आज तेस्रो दिन, आशीर्वाद थाप्ने क्रम जारी

Logo
आजको अपडेट सोमबार, आश्विन २८, २०८१

विराटनगर । आज दशैँ टीकाको तेस्रो तथा आश्विनशुक्ल द्वादशीका दिन मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप दशैँको टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम जारी रहेको छ ।

घटस्थापनाका दिनदेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

पहिलो दिन मान्यजनकहाँ जान नपाएकाहरू पूर्णिमाका दिनसम्म पुगेर टीका र आशीर्वाद लिने गर्दछन् ।

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिनमात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीयरुपमा नै उल्लेख गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300