२१ जेठ २०८३, बिहिबार

देशभर बिहान बेलुका चिसो बढ्न थाल्यो, तापक्रममा पनि कमी

Logo
आजको अपडेट सोमबार, आश्विन २८, २०८१

विराटनगर । काठमाण्डौ उपत्यकासहित देशभर बिहान बेलुका विस्तारै चिसो बढ्न थालेको छ । पछिल्लो केही दिन यता काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम विस्तारै घट्न थालेसँगै चिसो पनि बढ्न थालेको हो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा अधिकतम तापक्रम ३०र३१ डिग्री सेल्सियस हुने गरेकोमा अहिले २८र२९ डिग्री सेल्सियमा झर्न थालेको छ ।

त्यस्तै काठमाण्डौ उपत्यकाको न्यूनतमा तापक्रम पनि१६ डिग्री सेल्सियमा झरेको छ । त्यस्तै विराटनगरमा अक्टोबर आठ अर्थात् यही २२ गते अधिकतम तापक्रम ३३ डिग्री भएकोमा अहिले ३१ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै न्यूनतम तापक्रम २३ डिग्री सेल्सियसमा झरेको छ ।

धनगढी ,नेपालगञ्ज, धनकुटा, भैरहवा, लगायका देशभरकै तापक्रम विस्तारै घट्नेक्रममा रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनु भयो । मौसमविद् लामिछानेका अनुसार तापक्रम घट्ने दर सबै ठाउँको एउटै नहुँने र ठाउँ अनुसार फरक फरक हुने बताउनु भयो ।

नेपालबाट १० दिन ढिलो गरेर अस्ति १२ अक्टोबरका दिन मनसुन बाहिरिसकेको छ । मनसुनी वायु बाहिरए पछि तापक्रम घट्ने थाल्ने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300