१२ साउन २०८३, मंगलबार

स्पेनमा आगलागी, १२ जनाको मृत्यु

Logo
आजको अपडेट शुक्रबार, आषाढ २६, २०८३
म्याड्रिड, २६ असार (रासस/सिन्ह्वा) :

स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ । अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आद्र्रता र तीव्र हावाले गर्दा, जङ्गली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिदा मावविय क्षेति भएको जनाएको छ ।

सरकारले अन्डालुसियाका आगलागी पछि चेतावनी जारी गरी प्रभावित क्षेत्र तथा नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरी यस क्षेत्रको सडक खण्डहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।

केही पीडितहरू आगोले ढाकेका गाडीहरू भित्र फेला परेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आगो नियन्त्रण गर्न “इन्फोकाले ग्राउन्ड क्रू,” “फायर फाइटिङ एयरक्राफ्ट” र हेलिकप्टरहरू तैनाथ गरी रातभर आगो निभाउने कार्य जारी रहेको जनाइएको छ ।

अधिकारीहरूले आगलागीको कारण निर्धारण गर्न र पीडितहरूको औपचारिक रूपमा पहिचान गर्न अनुसन्धान सुरु गरिसकको जनाएका छन् भने आपतकालीन सेवाहरू सतर्क अवस्था रहेको तथा किनभने आगलागी नियन्त्रण प्रयास जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300