१२ साउन २०८३, मंगलबार

मधेशी भएकै कारण अपमान र मानसिक दुर्व्यवहार सहनुपर्‍यो’ : कलाकार काजल कर्ण

Logo
डुमरलाल मेहता शनिबार, आषाढ २७, २०८३

विराटनगर, २७ असार । विराटनगरकी कलाकार काजल कर्णले नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ को सुटिङ सेटमा आफूले मधेशी भएकै कारण अपमान, विभेद र मानसिक दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले फिल्म उद्योगभित्र मधेशी कलाकारप्रति विभेदपूर्ण व्यवहार भएको दाबी गरेकी हुन्।

कर्णले फिल्ममा अनुबन्ध भएपछि सुरुबाटै आफूलाई आवश्यक पोसाक आफैं व्यवस्था गर्न बाध्य बनाइएको, यातायात व्यवस्थापनमा समेत बेवास्ता गरिएको तथा सेटमा अपमानजनक व्यवहार गरिएको उल्लेख गरेकी छन्। उनले मेकअपका क्रममा आफ्नो छालाको रङ र मधेशी पहिचानलाई लिएर होच्याउने टिप्पणी गरिएको, जानीजानी कालो मेकअप लगाइएको तथा सहकर्मीले मधेशी समुदायमाथि व्यंग्य गर्दै उपहास गरेको आरोप लगाएकी छन्।

उनका अनुसार स्क्रिप्टमा नभएका फोहोर उठाउने र कुचो लगाउने दृश्य जबर्जस्ती गराइएको तथा पारिश्रमिक माग्दा बेवास्ता गरिएको थियो। पछि इटहरीमा सुटिङका लागि बोलाएर आफ्नो स्थानमा अर्कै कलाकार राखिएको र कुनै पूर्वजानकारीबिना फिल्मबाट हटाइएको पनि उनले दाबी गरेकी छन्।

कर्णले यो घटना केवल आफ्नो व्यक्तिगत पीडा नभई नेपाली फिल्म क्षेत्रमा मधेशी कलाकारले भोग्दै आएको विभेदको उदाहरण भएको बताएकी छन्। उनले घटनाबारे सम्बन्धित पक्षसँग जवाफदेहिता र कलाकारमाथिको विभेद अन्त्य गर्न आग्रह गरेकी छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300