२१ जेठ २०८३, बिहिबार

चिसो क्रमिक रुपमा बढ्दै

Logo
आजको अपडेट मंगलबार, आश्विन २९, २०८१

विराटनगर । काठमाडौं उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो घाम लागेपनि साँझ र बिहान चिसो महसुस गरिएको छ ।

असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेकोमा त्यसको एक सातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्रीसेल्सियसमा झरेको महाशाखाले जनाएको छ ।

काठमाडौँसहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । दुई सातामा ५ डिग्री तापक्रम घट्दा चिसो बढेको मौसमविद् बताउँछन् । पोस्ट मनसुनपछि चिसो मौसम शुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300