१० जेठ २०८२, शुक्रबार

दशैँ बिदापछि सुनको भाउ बढ्यो : तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ

Logo
आजको अपडेट मंगलबार, आश्विन २९, २०८१

विराटनगर । दशैँ बिदापछि आजको कारोबारमा सुनचाँदीको भाउ बढेको छ । आज दशैँ बिदापछि कारोबार भएको पहिलो दिन सुनको भाउ एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दशैँ बिदाअघि असोज २३ गते बुधवार सुनको भाउ तोलामा एक लाख ५९ हजार एक सय रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । दशैँ बिदाअघि चाँदीको भाउ तोलाको एक हजार नौ सय रुपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300