१२ जेठ २०८२, आइतबार

शताब्दी पुरुष अभिनन्दन तथा मेधावी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

Logo
आजको अपडेट शनिबार, कार्तिक ०३, २०८१

विराटनगर, कार्तिक ३ – पं. श्री घनश्याम पोखरेल स्मृति प्रतिष्ठान विराटनगर ६ द्वारा आयोजित शताब्दी पुरुष अभिनन्दन तथा मेधावी छात्रवृत्ति वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । श्रीलक्ष्मीनारायण मन्दिर पिपलचोक कञ्चनवारी विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय लीलाबल्लभ अधिकारी र विशिष्ट अतिथि कोशी प्रदेश सभासदस्य माननीय भीम पराजुली थिए ।

प्रतिष्ठानका अध्यक्ष प्रा.डा. भोलानाथ पोखरेलको अध्यक्षतामा सञ्चालित कार्यक्रममा १०२ वर्षीय पं. नारायण खनाल र १०० वर्षीय पं. बद्रीनाथ खतिवडालाई माला, दोसल्ला तथा रु. २१,००० सहित अभिनन्दनपत्रद्वारा सम्मान गरिएको थियो । साथै, श्रीलक्ष्मीनारायण गुरुकुलम्का रोशन न्यौपाने र श्रीराधारमण वेदवेदाङ्ग पाठशालाका अनुज घिमिरेलाई रु. ५,१०० सहित मेधावी छात्र पुरस्कार प्रदान गरिएको थियो ।

करिब ३०० जनाको उपस्थितिमा सम्पन्न कार्यक्रममा पं. श्री घनश्याम पोखरेलको बहुआयामिक व्यक्तित्व र आदर्श चरित्रबारे चर्चा भएको थियो । प्रमुख अतिथि लगायत विशिष्ट व्यक्तित्वहरूले उहाँको प्रेरणादायी जीवनबाट वर्तमान समाजलाई मार्गदर्शन मिल्ने बताए ।

कार्यक्रममा प्राध्यापक कविराज न्यौपाने, सह प्रा.डा. रघुनाथ नेपाल, उपप्रा. युवराज धिताल, आचार्य रामानुज नेपाल, समाजसेवी महेश रेग्मी, प्रा.डा. भरत भट्टराई लगायतका विशिष्ट व्यक्तिहरूले प्रतिष्ठानको कार्यको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन नेपाल संस्कृत विश्वविद्यालय वाल्मिकी क्याम्पसका उपप्राध्यापक सुदर्शन नेपालले गरेका थिए भने अभिनन्दन पत्र वाचन स्वामी डा. यतिराजाचार्यले गरेका थिए। कार्यक्रमको संयोजन प्रतिष्ठानका वरिष्ठ सल्लाहकार तथा नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक डा. रघुनाथ नेपालले गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300