१२ साउन २०८३, मंगलबार

आठ वटा इरानी मिसाइल खसालेको जोर्डनको दाबी

Logo
आजको अपडेट बिहिबार, आषाढ ३२, २०८३
अमान (जोर्डन) ३२ असार (रासस/क्युएनए) :

जोर्डनको सशस्त्र बलले आफ्नो हवाई रक्षा प्रणालीले बिहीबार जोर्डनलाई लक्षित गरी प्रहार गरिएका आठ वटा इरानी मिसाइलहरू खसालेको दाबी गरको छ । जोर्डनियन सशस्त्र बलको जनरल कमान्डको एक सैन्य स्रोतले स्थापित रक्षात्मक र परिचालन प्रक्रियामा अवरोध गरि मिसाइल खसालिएको पुष्टि गर्दै यस प्रक्रियामा कुनै चोटपटक वा भौतिक क्षति नभएको जनाएको छ ।

रोयल इन्जिनियरिङ कप्र्स टोलीहरूले धेरै स्थानहरूमा खसेको भग्नावशेषको व्यवस्थापन गर्नुका साथै प्राविधिक तथा सुरक्षा प्रक्रिया अनुसार तिनीहरूलाई सुरक्षित गरेको स्रोतले जनाएको छ । जोर्डनको सशस्त्र बलले उच्च स्तरको तयारीका साथ हवाई क्षेत्रको निगरानी जारी राखेको कुरामा जोड दिदै स्थापित नियमहरू अनुसार कुनै पनि खतराको सामना गर्ने तयार रहेको पुष्टि गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300