२१ जेठ २०८३, बिहिबार

सुनसरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कुटपिट गर्नेलाई कारबाही गर्न माग

Logo
आजको अपडेट मंगलबार, कार्तिक ०६, २०८१

विराटनगर । सुनसरी जिल्ला अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सन्तोष राईलाई कुटपिट गर्नेलाई कारबाही गर्न प्रगतिशील जनस्वास्थ्य महासङ्घले माग गरेको छ ।
डा. राईमाथि कार्यकक्षभित्रै कुटपिट तथा गालीगलौज भएको भन्दै महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘निरन्तर अहोरात्र जनताको सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि अराज व्यक्तिबाट निरन्तर भइरहेका यस प्रकारका अमानवीय क्रियाकलाप तथा अभद्र व्यवहार तथा ज्यादतीको यस महासङ्घ घोर निन्दा एवम् भर्त्सना गर्दै खेद प्रकट गर्दछ’ जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य संस्थामा हुने गरेका यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आएर स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने सङ्घको भनाइ छ ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको यस्तो अस्वाभाविक घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कानुनी कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी तथा सम्बन्धित सरकारी निकायसँग महासङ्घले माग समेत गरेको छ ।

इनरुवा ६ का खेमराज थापाले शनिवार साँझ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राईमाथि हातपात गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300