१० जेठ २०८२, शुक्रबार

आज रातिदेखि मनसुन थप सक्रिय हुने

Logo
सन्तोष मेहता सोमबार, साउन २१, २०८१
कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

विराटनगर । आज रातिदेखि मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद रोजन लामिछानेकाअनुसार काठमाण्डौ उपत्यकासहित केही ठाउँमा केही दिनदेखि बिहान र दिउँसो चर्को घाम लाग्ने गरेकोमा भोलिदेखि भने पानी पर्ने सम्भावना छ ।

काठमाण्डौमा आज पनि हिजोजस्तै बिहानैदेखि चर्को घाम लागेको छ । दिउँसो या बेलुकीपख बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही ठाउँमा राति र बिहान पानी परेको छ ।

महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300