०९ जेठ २०८२, बिहिबार

देशभरका सबै सरकारी कार्यालयमा डेङ्गीविरुद्धको अभियान सञ्चालन हुने

Logo
आजको अपडेट शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर । सरकारले हरेक हप्ता शुक्रवार देशैभरका सबै सरकारी कार्यालयहरूमा डेङ्गी नियन्त्रणका लागि सरसफाई अभियान चलाउने निर्णय गरेको छ ।

डेङ्गी सङ्क्रमणको बढ्दो स्थितिलाई हेर्दै स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले शुक्रवार १० बजे १० मिनेटका लागि सबै सरकारी कार्यालयमा सरसफाई अभियान चलाउने निर्णय गरेको हो ।

सरकारी कार्यालयमा रहेको ग्यारेजसहितका ठाउँहरुमा प्रयोगविहीन टायर वा गाडीमा पानी जमेर बस्ने तथा त्यसले डेङ्गी फैलाउने लामखुट्टेको फैलावटमा मद्दत पुग्ने भएकाले त्यस्ता सबै ठाउँको सरसफाई गरिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी सार्ने लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियानलाई कम्तीमा हप्ताको एकपटक सञ्चालन गर्न आह्वान गर्नुभएको हो ।

डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल जस्तै पानी जम्ने ठाउँ खोजी लामखुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कामलाई कम्तीमा हप्ताको एकपटक शुक्रवार १० बजेर १० मिनेट देशव्यापी अभियानका रूपमा सञ्चालन गर्न उहाँको अपील छ ।

डेङ्गी लामखुट्टेबाट सर्ने र थोरै जमेको पानीमा पनि लामखुट्टेले फुल पार्ने भएकाले त्यस्तो पानी कतै जम्न नदिन विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300