१० जेठ २०८२, शुक्रबार

दाङकाे तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन जना घाइते

Logo
आजको अपडेट शनिबार, कार्तिक १०, २०८१

विराटनगर । दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जीप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको हो ।

दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–६ का १९ वर्षीय सुरेश खड्काको ज्यान गएको इलाका प्रहरीका कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले उज्यालोलाई जानकारी दिनुभएको छ ।

घाइते तीन जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको पनि प्रहरी निरीक्षक थापाले बताउनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300