१२ साउन २०८३, मंगलबार

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता रिहा

Logo
आजको अपडेट बुधबार, साउन ०६, २०८३
नयाँदिल्ली, ६साउन (रासस/एएफपी) :

विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी दलका नेता राहुल गान्धीलाई रिहा गरिएको जनाइएको छ । काक्रोच जनता पार्टी (सिजेपी) को नेतृत्वमा सामाजिक सञ्जाल मार्फत सुरु भएको विरोध प्रदर्शन सन् २०२४ मा मोदी सरकार पुनः निर्वाचित भए पछिको सबै भन्दा ठुलो चुनौतीका रूपमा देखा परेको जनाइएको छ ।

प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग लगायतका नारा लगाउदै प्रदर्शन गर्दै आएको जनाइएको छ । भारत सरकारले विद्यार्थीहरूको मागलाई बेवास्ता गरी नयाँ दिल्लीमा जारी प्रदर्शनमा प्रहरी दमन गरेको आरोप लगाउँदै गान्धीले मङ्गलबार विरोध प्रदर्शनको नेतृत्व गरेका थिए ।

परीक्षा विवादको व्यवस्थापनलाई लिएर बढ्दो दबाबको सामना गर्दै शिक्षा मन्त्री प्रधानले मङ्गलबार सरकार सुधारका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत विद्यार्थीहरूलाई सम्बोदन गर्दै सुधार र जवाफदेहिताका लागि सरकार पुर्ण प्रतिबद्ध रहेको टिप्पणी गर्नु भएको छ ।

लामो समय पछि राजधानीमा भएको सबै भन्दा ठुलो विरोध प्रदर्शनमा प्रदर्शनकारीहरूले सुरक्षा बलमाथि ढुङ्गा प्रहार गरे पछि प्रहरीले प्रदर्शनकारी माथि अश्रु ग्याँस र लाठीचार्ज गरेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा ६० जना सर्वसाधारणका साथै अन्य ११८ जना प्रहरी कर्मचारी घाइते भएको प्रहरीले बताएको छ ।

विरोधलाई समर्थन गर्दै मुम्बई र बेङ्गलुरुमा पनि सयौँ मानिसहरूले विरोध प्रदर्शन गरेको जनाइएको छ । सामाजिक सञ्जालमा शिक्षा मन्त्री प्रधानलाई अयोग्य भन्दै सीजेपीले विरोधको तेस्रो दिन आज बुधबार पनि आफ्नो अभियान जारी राख्ने प्रतिवद्धता जारी गरेको छ । हिन्दू राष्ट्रवादी नेताले सन् २०२४ मा तेस्रो कार्यकाल प्राप्त गरे पछि मोदीका लागि सबै भन्दा ठुलो चुनौती प्रस्तुत गर्दै सिजेपीले गत मे महिनामा यसको सुरुवात भए देखि नै सामाजिक सञ्जालमा लाखौँ अनुयायीहरूलाई आकर्षित गरेको जनाइएको छ ।

विरोध प्रदर्शनले भारतको परीक्षा प्रणाली माथी प्रश्न उठाउँदै विश्वासलाई कमजोर पारी विवादहरूको श्रृङ्खलालाई पछ्याएको जनाइएको छ । जसमा मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्रको गोपनियता भङ्ग हँदा करीव २० लाख भन्दा बढी उम्मेद्वारहरूलाई परीक्षा पुनः दिन बाध्य तुल्यायएको जनाइएको छ । लगभग २० लाख विद्यार्थीहरु सहभागी रहेको भारतको मेडिकल प्रवेश परीक्षाको अनलाइन नम्बरसँग सम्बन्धित विवाद चर्केर जनताको आक्रोशलाई अझै उच्च बनाउदा विरोभ चर्किएको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300