१२ साउन २०८३, मंगलबार

अमेरिकाले आणविक तथा संवेदनशील क्षेत्रमा आक्रमण गरे आफ्नो आक्रमण विस्तार गर्ने इरानको चेतावनी

Logo
आजको अपडेट बुधबार, साउन ०६, २०८३
तेहरान, ६ साउन (रासस/सिन्ह्वा) :

यदि अमेरिकाले इरानको आणविक र अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गर्यो भने तेहरानले अमेरिका र अमेरिकाका सहयोगीलाई लक्षित गरी आफ्नो आक्रमण बिस्तार गर्ने इरानको मुख्य सैन्य कमान्ड, खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले बुधवार चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले मध्य प्रान्त इस्फहानको पहाड मुनि रहेको इरानी आणविक सुविधामा छिटैै आक्रमण गर्ने भनि दिएको धम्कीकोे प्रतिक्रियामा इरानीको यस्तो प्रतिक्रियात्मक चेतावनी आएको जनाइएको छ ।

सैनिक मुख्यालयले संयुक्त राज्य अमेरिकाले इरानको आणविक र संवेदनशील केन्द्रहरूमा आक्रमण गर्ने धम्की कार्यन्यनको चरणमा प्रवेश गरेमा इरानले प्रतिक्रियामा मध्यपूर्व क्षेत्रमा युद्धको विस्तार गरी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरू तथा समर्थकहरूको हितको विरुद्धमा शक्तिशाली आक्रमण गर्ने जनाइएको छ ।

यसैबीच इरानको इस्लामिक रिभोलुसन गार्ड कप्र्सले आफ्नो आधिकारिक समाचार पोर्टल सेपाह न्यूजमा विज्ञप्ति प्रकाशित गर्दै इरानी सेनाले कुवेतको अली अल सलेम एयर बेस वरपरको प्रारम्भिक चेतावनी रडार प्रणाली र वरपरका धेरै सुरक्षासँग सम्बन्धित रडारहरू नष्ट गरेको जनाएको छ ।

होर्मुजको जलमार्गमा इरानी सेनाले जहाजहरूलाई लक्षित गरी गरेको आक्रमणको प्रतिक्रियामा आक्रमण गरेको जनाउँदै अमेरिकाले आक्रमणको उदेश्य व्यापारिक ढुवानीलाई धम्की दिने इरानको क्षमतालाई कम गर्ने रहेको जनाएको छ ।

इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य सुविदाहरू लगायत अन्य अमेरिकी सुविधाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमणको लहरहरूको साथ प्रतिक्रिया दिएको जनाएको छ । गत जुन –१८ मा हस्ताक्षर गरिएको शान्ति सम्झौताको बावजुद पछिल्लो समयमा तनाव बढेको छ जसमा दुई देशहरूले अन्तिम सम्झौतामा पुग्नका लागि ६० दिन भित्र निर्णायक वार्ता गर्ने विषय तय गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300