२१ जेठ २०८३, बिहिबार

प्रहरीको खेलकुद विकासका लागि निजी क्षेत्रको सहयोग

Logo
आजको अपडेट बिहिबार, कार्तिक २९, २०८१

विराटनगर । खेलकुदको बिकास र प्रबर्द्धनका लागि कोशी प्रदेश प्रहरी खेलकुद समिति र डि।एन।ग्रुफ अफ कम्पनी प्राईभेट लिमिटेड विच सम्झौता भएको छ । कार्तिक २९ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको सम्झौता कार्यक्रममा कम्पनीले खेलकुद प्रायोजनार्थ पाँचलाख ५० हजारको चेक हस्तान्तरण गरेको हो ।

कोशी प्रदेश प्रहरी खेलकुद समितिको तर्फबाट प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र कम्पनीका प्रोप्राईटर दिपक काफ्लेबीच सम्झौता पत्रमा हस्ताक्षर भएपछि सहयोग हस्तान्तरण गरिएको थियो ।

कोशी प्रदेश प्रहरी खेलकुद समिति अन्तरगत रहेका खेलकुद प्रशिक्षक एंव खेलाडीहरुको दुर्घटना बीमा, खेलकुद सम्वन्धी आवश्यक सामाग्रीहरु र खेलाडीहरुको लागि आवश्यक अतिरिक्त पोषणयुक्त खाजाको व्यवस्था उक्त रकमबाट हुनेछ । प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी खेलकुद समितिलाई सहयोग गर्ने कम्पनीप्रति अभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300