१३ साउन २०८३, बुधबार

संसद् बैठकमा कुन सांसद कति दिन हाजिर ?

Logo
आजको अपडेट सोमबार, साउन ११, २०८३

११ साउन, काठमाडौं । ३१ असारको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सांसद विपिनकुमार आचार्यले संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला भएको बताएका थिए । ‘१०० दिन पुगेपछि सरकारको समीक्षा गर्ने अभ्यास छ । संसद्को हकमा चाहिँ  हनिमुन पिरियड भनेर सुने जस्तो लाग्दैन । खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला भयो कि जस्तो लाग्छ,’ उनले भने ।

संसद्को समीक्षा गर्दा यसका मापदण्ड के कस्ता हुन सक्छन् भनेर आचार्यले सात वटा बुँदा नै प्रस्तुत गरे ।

१. संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ? 

२. सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ? 

३. संसदीय समितिहरूले कति काम गरे ?

४. संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए ?

५. सांसदहरूको प्रस्तुति कस्तो रह्यो ?

६. प्रतिनिधिसभा नियमावलीको उल्लंघन सत्तापक्ष, सरकार र प्रतिपक्षले कति पटक गरे ?

७. नियमावलीको उल्लंघनलाई संसद्ले कसरी लियो ?

यी सात वटा मापदण्डका आधारमा संसद्को समीक्षा गरेर ‘संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो ?’ भन्ने प्रश्नको जवाफ खोज्ने उनको प्रस्ताव छ ।

यस आधारमा एउटा सशक्त र समृद्ध संसद् यस्तै (अहिलेकै जस्तो) हुन्छ कि, सामूहिक मिहिनेत पुगेन भन्ने जस्ता विषयमा समीक्षा आवश्यक रहेको उनको प्रस्ताव छ ।

संसद् र संसदीय गतिविधिलाई नागरिकले समेत नियालिरहेको उल्लेख गर्दै उनले संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ भएको बताए । उनले थपे, ‘त्यसैले हामी सही दिशामा छौँ वा छैनौँ ? यी सबै विषयको समीक्षा गर्न म सभामुखज्यूसँग आग्रह गर्दछु ।’

आचार्य सत्तारुढ दल रास्वपाको महामन्त्रीसमेत हुन् । सांसद् आचार्यको प्रस्तावअनुसार संसद् सचिवालय र सभामुख डोलप्रसाद अर्यालले संसद्को समीक्षा गर्नेबारे पहल लिन बाँकी छ ।

आचार्यले संसद्को समीक्षा गरौं भन्दै यस निम्ति राखेको पहिलो मापदण्डअनुसार संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो त ?

यही प्रश्नको जवाफ खोज्न अनलाइनखबरले सूचनाको हक प्रयोग गरेर संघीय संसद् सचिवालयसँग सांसदहरूको हाजिरी विवरण प्राप्त गरेको छ । जसअनुसार २१ फागुन २०८२ को निर्वाचनबाट आएको प्रतिनिधिसभाको पहिलो अधिवेशन १९ चैत देखि २७ चैतसम्म जम्मा ६ दिन चल्यो ।

त्यस अवधिमा ६ वटै बैठक बसे । दोस्रो अधिवेशन २८ वैशाखबाट जारी छ । ३१ असारसम्म प्रतिनिधिसभाको बैठक ३२ दिन बस्यो । ३२ दिनमा बसेको बैठक संख्या ३५ छ ।

संघीय संसद् सचिवालयले अनलाइनखबरलाई उपलब्ध गराएको विवरणअनुसार दुवै अधिवेशनमा हालसम्म प्रतिनिधिसभाको बैठक बसेको दिन ३८ छ र बैठक संख्या ४१ छ ।

३० बढी बैठकमा गए २१९ सांसद्

४१ वटा बैठकमध्ये ३० बढी बैठकमा जाने सांसद्को संख्या २१९ छ । ४१ वटै सबै बैठकमा उपस्थित सांसद्को संख्या भने जम्मा ६ जना रहेको छ ।

जसमा रास्वपाका सांसदहरू सुनिल केसी, रत्नाकुमारी थापा, गोविन्द पन्थी रहेका छन् । नेपाली कांग्रेसका सांसदद्वय भरतबहादुर खड्का, नरेन्द्रकुमार केरुङ र नेपाली कम्युनिस्ट पार्टीकी सांसद निराशा चौधरी डगौरा संसद्का बैठकमा शतप्रतिशत उपस्थित छन् ।

जसमा सांसदहरू हरिनादेवी कामी, सुशील खड्का, सुरेशकुमार चौधरी, सीता थपलिया, सरिता महतो, शोभा खनाल, विश्वराज पोखरेल, विधुषी राणा, रिना उप्रेती केसी, रचना खतिवडा खत्री, यज्ञबहादुर बोगटी, महेन्द्रबहादुर शाही, भीमकुमारी बुढा मगर, बलावती शर्मा, प्रमेशकुमार हमाल, प्रमिला कुमारी गच्छदार, नीतिमा भण्डारी कार्की, टीका संग्रौला, जयपती रोकाय, गंगा छन्त्याल,  कुलभक्त शाक्य र अनुश्का श्रेष्ठ रहेका छन् ।

२२ जना सांसद् ३९ वटा बैठकमा गए ।

जसमा सांसदहरू सुष्मा स्वर्णकार डिम्पल, सुलभ खरेल, सरस्वती लामा, वासना थापा, राम लामा, रहबर अन्सारी, रविन्द्र पटेल, रजनी श्रेष्ठ, भूमिका लिम्बू सुब्बा, भरत गिरी, प्रदिप बिष्ट, प्रकाशसिंह कार्की, पवित्रा विक, नीता घतानी  , धर्मराज केसी, जोगकुमार बरबरिया यादव, जगदीश खरेल (ललितपुर), गणेशसिंह ठगुन्ना, खडकबहादुर बुढा, खगेन्द्र सुनार, यसुदाकुमारी बराल र आसिका तामाङ रहेका छन् ।

२३ जना सांसद्को हाजिरी ३८ वटा बैठकमा छ । सांसदहरू स्मृति सेन्चुरी, सुजाता तामाङ, समीक्षा बास्कोटा, सन्तोष सुब्बा, रेनुका काउचा, रुकेश रञ्जित,  रञ्जु न्यौपाने, युवराज दुलाल, मधुकुमार चौलागाईं, मदनकृष्ण श्रेष्ठ, प्रेमबहादुर वयक, प्रमिला कुलुजु, पुष्पाकुमारी चौधरी, परशुराम तामाङ, ध्रुवराज राई, दिपककुमार साह (सुनसरी), गंगालक्ष्मी अवाल, क्षितिज थेवे, कृपा महर्जन, कविन्द्र बुर्लाकोटी, आरेन राई र अरविन्द साह ३८ वटा बैठकमा सहभागी भएका हुन् ।

३७ वटा बैठकमा उपस्थित हुने २८ जना छन् ।सांसदहरू हरिप्रसाद भुसाल, श्रीधर पोख्रेल, विक्रम थापा, ललिता कुमारी, लक्ष्मीप्रसाद पोखरेल, राधिका रम्तेल, रमेशकुमार मल्ल, भूमिका श्रेष्ठ, बुद्धरत्न महर्जन, विष्णुमाया विक, पार्वती विक, पद्माकुमारी अर्याल, तौफिक अहमद खान, तारा विश्वकर्मा, ठाकुरसिंह थारु, टुकाभद्र हमाल, जनकराज गिरी, गोपाल शर्मा, गणेश पराजुली, गणेश कार्की, गजाला समिम मिकरानी, गंगादेवी श्रेष्ठ, खुश्बु ओली, खिमा विक, कृष्णहरि बुढाथोकी, कृष्णकुमार कार्की, कृपाराम राना र ओजस्वी शेरचन ३७ वटा बैठकमा गएका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300