१३ साउन २०८३, बुधबार

सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन, केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Logo
आजको अपडेट सोमबार, साउन ११, २०८३

११ साउन, सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा सिरहामा पनि प्रदर्शन गरिएको छ ।

साथै, केहीबेर पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध गरेका छन् । सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा टायर बालेर केहीबेर प्रदर्शन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार सुनसरी घटनाको विरोधमा केही स्थानीयले केहिबेर राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीको सम्झाइ–बुझाइपछि सडक पुन: सञ्चालनमा आएको उनले बताए ।

एसपी पाठकले प्रदर्शनपछि अहिले भने अवस्था सामान्य रहेको बताए ।

यसअघि सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा साउने सोमबारको बोलबम यात्राका लागि डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारीका क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरे पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ ।

घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300