१२ साउन २०८३, मंगलबार

ट्रक दुर्घटनापछि आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुल्यो

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

१२ साउन, धनकुटा। तमोर करिडोर सडकअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका वडा नं. ४ फलामेटार दुर्घटनामा परेको ट्रकमा आगलागी हुँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

सोमबार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका उपकरण बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको लोबेड (ट्रक) ब्रेक फेल भएर सडकबाट चिप्लिएर नालातर्फ भित्तामा घस्रिएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीका कारण ट्रकको अगाडिको भागमा रहेका चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकका सहचालक तेह्रथुमको म्याङ्लुङ नगरपालिका वडा नं. ९ का १८ वर्षीय सञ्जीव संगौला भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट फलामेटारबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारको नेतृत्वमा प्रहरी खटिएको थियो ।

घटनापछि नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा राति नै आगो पूर्ण रुपमा नियन्त्रणमा ल्याइएको थियो । दुर्घटनाको कारण र आगलागीसम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300