१२ साउन २०८३, मंगलबार

सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

१२ साउन, चितवन । मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन अवरुद्ध भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै सवारी बन्द छ ।

पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा मेसिन परिचालन गरिएको छ ।

पहिरो पन्छाउने क्रम जारी रहेकाले मुग्लिनबाट नारायणगढतर्फ जाने र नारायणगढबाट मुग्लिनतर्फ आउने गाडीहरु रोकिएका छन् ।

सडक डिभिजिन कार्यालयले पहिरोका कारण रोकिएका सम्पूर्ण यात्रुहरूलाई धैर्य गरी बसिदिन आग्रह गरेको छ ।आज बिहान करिब पौने ९ बजेतिर पहिरो खसेको हो । पहिरो हटाएर सवारी आवागमन सुरु हुन करिब डेढ घण्टा लाग्ने कार्यालयले अनुमान गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300