१२ साउन २०८३, मंगलबार

पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

१२ साउन, पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

हार्थोकबाट रिडीतर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर गएराति तानसेन नगरपालिका–१२ गाईघाट नजिकै ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा बागलुङको ढोरपाटन नगरपालिका–१ खप्तरीवाङका २५ वर्षीय तेजेन्द्र कुमालको मृत्यु भएको  प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी टिपरका सहचालक हुन् ।

लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा सहचालक कुमालको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ ।अवस्था सामान्य रहेका टिपर चालक मिन बहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300