१२ साउन २०८३, मंगलबार

एकैदिन ४२ विपद्का घटना

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

काठमाडौँ, १२ साउन।   राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ । प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको छ ।

त्यसअवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन् । ती घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सर्पदंशबाट १२, पहिरोबाट चार, आगलागीबाट दुई, भारी वर्षाबाट एक र जनावरको आक्रमणबाट दुई गरी २१ जना घाइते भएका छन् ।

विपद्का घटनाबाट अनुमानित रु एक करोड २२ लाख ४५ हजार मूल्य बराबरको क्षति भएको छ । यसैगरी देशभर नौ सडक खण्ड अझै अवरुद्ध छन् भने २२ वटा चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300