१२ साउन २०८३, मंगलबार

‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

बागमती, १२ साउन ।  हिमालयन राइडर्स सोसाइटी देशका विभिन्न पर्यटकीय सम्भाव्यताका गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटिरहेको छ । साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिदैआएको छ ।

विसं २०७८ देखि संस्थागतरुपमा अघि बढिरहेको संस्थाले जिल्लाका मात्र नभइ विभिन्न सम्भावना बोकेका तर ओझेलमा परिरहेका गन्तव्यलाई साइक्लिङका माध्यमबाट प्रवर्द्धन गरिरहेको सोसाइटीको अध्यक्ष राजु थापामगरले जानकारी दिनुभयो ।

संस्थाले यस बीचमा हेटौँडा उपमहानगरपालिका–१७ हटिया जुरेथुमस्थित एशियाकै अग्लो मानिने ४२ फिट अग्लो कृष्णमूर्तिको गन्तव्यदेखि ऐतिहासिक मकवानपुर गढी गोरखा दरबार लगायतका गन्तव्यको प्रवर्द्धनमा जुटेको छ ।

उहाँले भन्नुभयो, “सोसाइटीका पदाधिकारीले भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो मार्ग रसुवागढी केरुङदेखि ठोरीसम्म चार सय किलोमिटरको साइकल यात्रा गरेका थियौँ ।” सोसाइटीले मेची–महाकाली साइकल यात्रासँगै एशियाकै सबैभन्दा बढी बली चढाइने गढीमाई मन्दिर, धरानको चतराधाम, चितवनको सोमेश्वरगढीलगायतका धार्मिक पर्यटन गन्तव्यको प्रवद्र्धन गरिसकेको छ । सोसाइटीमा आबद्ध १५० जनामध्ये ५० जना आजीवन सदस्य रहनुभएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300