१२ साउन २०८३, मंगलबार

इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३
तेहरान, १२ साउन (रासस÷एएफपी) ः

इरानको न्यायपालिकाले मङ्गलबार गत जनवरीमा चरम सीमामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा नियन्त्रणमा लिएका दुई जनालाई फाँसी दिने घोषणा गरेको छ । अबोल्फजल सिपाही र अमिर–हुसेन सफारीलाइ मङ्गलबार बिहानै मृत्युदण्ड दिइ सकिएको न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले जनाएको छ ।

यसैबीच मेहर समाचार एजेन्सीले मध्य इस्फहान प्रान्तको “मालेक्षहर सहरको एउटा चोकमा धेरै मानिसहरको उपस्थितीको बीचमा उनीहरुलाई फाँसी दिइएको रिपोर्ट गरेको छ । मृत्यु दण्ड पाएका दुई जनालाई गत जनवरी –८ मा प्रहरी अधिकारीहरूलाई चक्कुले आक्रमण गरेको, उनीहरु प्रहरीलाइ बाँधेर, तानेर, पेट्रोल हालेर आगो लगाएको“ अभियोगमा दोषी टहर भएको मिजानले जनाएको छ ।

उनीहरूले हतियार बनाएर डर र आतंक सिर्जना गरेर देशमा सार्वजनिक व्यवस्था र सुरक्षालाई गम्भीर रूपमा बिगार्ने कार्य गरेकोसमेत अभियोगमा भ्रष्टाचारको आरोपको सामना गरेको जनाइएको छ । डिसेम्बरको अन्त्यमा, भड्काएको विरोध आन्दोलन द्रुत गतिमा व्यापक सरकार विरोधी प्रदर्शनमा विकसित भइ जनवरी –८ र ९ मा चरम सीमामा पुगेको जनाइएको छ ।

इरानी अधिकारीहरूले संयुक्त राज्य अमेरिका र इजरायलले गरेको “आतङ्कवादी कार्यहरू“ लाई हिंसाको श्रेय दिँदै तीन हजार भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरेको छ भने अधिकार समूहहरूले सुरक्षा बलले प्रदर्शनकारीहरू माथि गोली चलाएको दाबी गरेका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण सुरु गर्नु अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने धम्की दिएको जनाइएको छ, जसले मध्यपूर्वमा लामो युद्ध सुरु भयो । त्यस बेला देखि, द्वन्द्व र विरोध प्रदर्शन दुवैसँग जोडिएको देशमा गिरफ्तारी र मृत्युदण्ड धेरै गुणा बढेको छ । गत जुलाई –१९ मा इस्फहान प्रान्तमा यस्तै अभियोगमा अन्य दुई जनालाई फाँसी दिइएको थियो । एम्नेस्टी इन्टरनेसनलका अनुसार चीन पछि इरानले कुनै पनि देशको दोस्रो सबै भन्दा बढी मृत्युदण्ड दिँदे गरेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300