२३ आषाढ २०८२, सोमबार

एनपीएलमा काठमाण्डौ गुर्खाजको पहिलो जीत, कर्णाली याक्सलाई ३ विकेटले हरायो

Logo
आजको अपडेट बुधबार, मंसिर १९, २०८१

विराटनगर । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमाण्डौ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ ।

कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाण्डौ गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । काठमाण्डौका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान करण केसीले २८ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामी, नन्दर यादव, गुल्सन झा, जीशान मक्सूद र विपिन शर्माले १र१ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनायो । कर्णालीका शिखर धवनले नटआउट ७२ रन बनाए । प्रतियोगिताको पहिलो अर्धशतक बनाउने क्रममा धवनले ५१ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । काठमाण्डौका गेरहार्ड इरस्मसले २ विकेट लिए ।

प्रतियोगितामा काठमाण्डौको यो पहिलो जीत हो । काठमाण्डौ पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे विराटनगर किङ्ग्स र लुम्बिनी लायन्स खेल्दैछन् । विराटनगर यसअघिका दुई वटै खेलमा पराजित भएको छ भने लुम्बिनीको यो पहिलो खेल हो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300