१० जेठ २०८२, शुक्रबार

काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी

Logo
आजको अपडेट बिहिबार, मंसिर २०, २०८१

विराटनगर । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ ।

सुदूरपश्चिमले काठमाडौंलाई ७३ रनले पराजित गरेको हो । यससँगै सुदूरपश्चिमले एनपीएलमा लगातार दोस्रो जित निकालेको छ ।

सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा दिएको १६८ रनको मध्य चुनौती पछ्याएको काठमाडौं १५।५ ओभरमै अलआउट हुँदै ९४ रनमा सीमित भएको हो ।

गेर्हार्ड काठमाडौंका लागि सर्वाधिक रन जोड्ने ब्याटर हुन् । उनले ३३ बलमा ३७ रन जोड्न ५ चौका र १ छक्का प्रहार गरेका थिए । त्यसपछि सुमित महर्जनले १४ रन बनाए । उता भीम सार्की र गेर्हार्ड इरास्समसले १० र१० रनको योगदान दिए । काठमाडौंका अरु ब्याटर दोहोर स्कोर गर्नबाट चुके ।

काठमाडौंलाई धरासायी बनाउने क्रममा सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले केबल १९ रन दिएर ५ विकेट झारे । साउदको कसिलो बलिङसामु काठमाडौंका ब्याटर धरासायी हुँदा १०० रन पनि छुन नसकेको हो ।

नरेनले नामिबियाका अलराउन्डर काठमाडौंका गेर्हार्ड इरास्मस, इङ्ल्यान्डका मध्यक्रमका ब्याटरसमेत रहेका स्टिफन एस्किनाजी, रसिद खान, करण केसी र शाहब अलामको विकेट लिएका हुन् ।

काठमाडौंका दुवै ओपनर माइलक लिभर्ट र शंकार रानाले दोहोरो रन बनाउन सकेनन् । बलिङतर्फ नरेनलेबाहेक अभिनाश बोहोराले २ विकेट लिए । ब्रान्डन म्याकमुल्लेन र सैफ जाइबले समान १–१ विकेट लिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300