१० जेठ २०८२, शुक्रबार

गगनको बोलीमा देउवाले गरे ठट्यौली

Logo
आजको अपडेट शनिबार, मंसिर २२, २०८१

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीआरआई सम्झौता सुझबुझपूर्ण ढंगबाट गरिएको बताएका छन् ।

शनिबार विराटनगरमा पार्टीको कोसी प्रदेश समिति सम्मेलन उद्घाटन कार्यक्रममा उनले भने, “ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो । ओली ९प्रधानमन्त्री केपी शर्मा ओली०जीले त्यही ढंगले सम्झौता गर्नुभयो । हामीले अब धेरै ऋण लिएर परियोजना चलाउने अवस्था नभएको भनेको हो ।”

नेपालले विकासका निम्ति एडीबी, आईएमएफलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग ऋण लिएकोरलिने गरेको तर अब धेरै लिन सक्ने अवस्था नरहेको उनले बताए ।

अर्को प्रसंगमा उनले वर्तमान सरकार स्थायित्वका निम्ति बनाइएको उल्लेख गरे । दुई ठूला पार्टी मिल्दा स्थायित्व हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
“ओलीजीले राम्रो काम गर्नुभएको छ,” उनले भने, “राम्रोलाई राम्रो भन्नुपर्छ । बीआरआई पनि राम्रो सहमति भएको छ । अब यो गठबन्धन पूरा समयसम्म रहन्छ । समस्या भए छलफल हुन्छ ।”

आफ्नो सम्बोधनका क्रममा महामन्त्री गगन थापाले सभापतिले कम बोल्ने भएकाले आफूले समय लिएको बताएका थिए । त्यसबारे देउवाले ‘बढी बोल्ने मानिस आफू सकिने तर कम बोल्नेले अरूलाई सक्ने’ भन्दै ठट्यौली गरे ।

प्रधानमन्त्रीको भ्रमणअघि चीनबाट बीआरआईको खाका आएपछि धेरै छलफल गरिएको र नेपालले प्रस्ताव गरेका विषय त्यसमा समेटिएको उनले बताए । उनले भने, “मैले भनेकै कुरा हुनुपर्छ भन्ने चीन वा नेपालको कुरा भए पनि कतिपय विषय संशोधन भएका छन् ।”

उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनका विषयमा नेताहरूबाट फरक मत आउन थालेको भन्दै यस्तो हुन नहुनेमा जोड दिए । उनले भने, “संविधानको मूल कुरा यताउता नगरी समृद्ध बनाउने गरी संविधान संशोधन गरिनुपर्छ ।”

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300