०९ जेठ २०८२, बिहिबार

बंगलादेशमा आज कम्तीमा २० जनाको मृत्यु

Logo
विराटनगर । सोमबार, साउन २१, २०८१
बंगलादेशमा आज

बंगलादेशको राजधानी ढाकामा आज भएको हिंसात्मक झडपमा कम्तीमा २० जनाको मृत्यु भएको छ । ढाका मेडिकल कलेज अस्पतालका प्रहरी निरीक्षक बच्चु मियाले समाचार एजेन्सी एएफपीलाई आज अस्पतालमा २० शव थप भएको जानकारी दिएका छन् ।

मृतकको संख्या स्वतन्त्ररूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ ।

दुई महिना लामो हिंसात्मक प्रदर्शनपछि आज बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । राजीनामापछि उनी देश छाडेर भारत पुगेकी छन् ।

सुरुमा सरकारी सेवामा रहेको कोटा प्रणालीलाई लिएर प्रदर्शन भए पनि पछिल्लोपटक प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300