१० जेठ २०८२, शुक्रबार

सहकारी ठगीमा रविसहितका प्रतिवादीको बयान जारी

Logo
आजको अपडेट बिहिबार, पुष ११, २०८१

विराटनगर । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि जारी रहेको छ । न्यायाधीश नीतिज राईको इजलासमा गत सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भए पनि गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक तथा पूर्व डीआईजी छविलाल जोशीको मात्र बयान सकिएको छ ।

मंगलबार छविको बयान सकिएपछि लिला पछाईको बयान सुरु भएकोमा आज पनि जारी रहेको छ । हिजो सार्वजनिक बिदा भएकाले बयान हुन सकेको थिएन ।

पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत आइतबार सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्व डीआईजी जोशीसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300