१० जेठ २०८२, शुक्रबार

विराट एक्स्पो : गुणस्तरिय व्यवस्थापन प्रणाली स्व–परिक्षणको व्यवस्था

Logo
सन्तोष मेहता आइतबार, माघ ०६, २०८१

विराटनगर ६ माघ । उद्योग संगठन मोरङको आयोजनामा माघ ११ देखि २० गतेसम्म हुने आठौ सस्करणको विराट एक्स्पोले नयाँ लगानीकर्ताले उद्योग व्यवसाय सञ्चालन गर्दा अपनाउनु पर्ने गुणस्तरीय व्यवस्थापन प्रणालीका वारेमा जानकारी दिने भएको छ ।

त्यसकालागि आयोजक उद्योग संगठन मोरङले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको सुरुवाती चरण अन्र्तगत एक्स्पो स्थलमा गुणस्तरीय व्यवस्थापन प्रणाली र स्वपरीक्षणको व्यवस्था गरेको छ । माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु हुने एक्स्पोमा उद्योगी व्यवसायीले आफ्नो उद्योग, औद्योगिक प्रतिष्ठानहरुको गुणस्तर मापदण्ड प्रणाली अनुसार कस्तो अवस्थामा छ, अनुपालना गर्नु पर्ने प्रावधानहरुको पालना भएको छ छैन लगायत समग्र आफ्नो उद्योगको अवस्था एवं क्षमताका बारेमा स्वगुणस्तरिय व्यवस्थापन प्रणालीको परिक्षण गर्न सक्ने छन ।

एक्स्पो अवधिमा डिजिटल प्लेटफर्म मार्फत आफै मोबाइल मार्फत आफ्नो उद्योगको व्यवस्थापकिय क्षमताका आँकलन गर्ने र त्यसको नतिजा तुरुन्त प्राप्त गर्ने व्यवस्था एक्स्पोले मिलाईएको छ । यो स्व- परिक्षण नतिजाले गुणस्तर मापदण्डको प्रमाण पत्र प्राप्त गर्न के के गर्नु पर्दछ, कुन कुन बिषयमा क्षमता विकास गर्नु पर्दछ भन्ने बारे जानकारी उपलब्ध गराउने छ ।

यो प्लेटफर्म संगठनले सुरु गरेको क्युसेफ व्यवस्थापन मापदण्ड प्रणालीको प्रारम्भिक चरण भएको उद्योग संगठनले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300