११ जेठ २०८२, शनिबार

युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

Logo
आजको अपडेट सोमबार, माघ ०७, २०८१

विराटनगर । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक ९असई० बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् । भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेज निलम्बनमा परेका हुन् ।

गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । तर, आइतबारदेखि भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

सोही समितिको सिफारिसका आधारमा असई भुजेललाई प्रदेश प्रहरी कार्यालय वाग्मती‍ले निलम्बन गरेको चितवन प्रहरीका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

असई भुजेलले प्रहरी आचरणविपरीत कुटपिट गरेको खुलेपछि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।

भिडियोमा नजिकै प्रहरीले चेकिङ गरिरहेको र त्यहीँ सामु उभिएका व्यक्तिलाई ती प्रहरीले कुटपिट गरेको देखिन्छ । प्रहरीको लात्ताले ती व्यक्ति ढलेका छन् । ढलेपछि समेत कुटपिट गरेको भिडियोमा देखिन्छ ।

भिडियोमा सुनिएअनुसार, ती व्यक्तिलाई प्रहरीले ‘कसलाई फोन गर्छस्, गर १ पावर देखाउन खोजेको रु’ भन्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

भिडियो सार्वजनिक भएपछि प्रहरी सुरक्षालाई लिएर सामाजिक सञ्जालमा बहस नै छेडिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300