१० जेठ २०८२, शुक्रबार

विराट एक्सपो सुरु

Logo
आजको अपडेट शनिबार, माघ १२, २०८१

विराटनगर । शनिबारदेखि विराटनगरमा विराट एक्स्पो २०२५ सुरु भएको छ । तत्कालीन राजा विरेन्द्रविर विक्रम शाहबाट ०५३ सालमा शुभारम्भ भएको विराट एक्सपोको ८औं संस्करण विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरु भएको छ। देशको अर्थतन्त्र तरल अवस्थामा रहेको वर्तमान समयमा यो एक्सपो बहुउपयोगी बन्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले भव्य समारोहबीच एक्सपोको उद्घाटन गरे। एक्सपोको मुख्य उद्देश्य युवालाई स्वदेशमै स्वरोजगार बनाउनु र प्रदेशको समग्र आर्थिक विकासको लागि औद्योगिक इकोसिस्टमको निर्माणमा योगदान पु¥याउनु हो। एक्सपोले उद्यमशीलताको प्रवर्द्धन, कृषि, पर्यटन, खाद्य, स्वास्थ्य, शिक्षा, अटोमोबाइललगायत क्षेत्रहरूको सहभागिता र प्रगतिको लागि विशेष कार्यक्रमहरूको आयोजना गरेको छ।
यो संस्करणमा २६८ स्टल राखिएको छ, जसमा डिजिटल प्रविधि, अटोमोबाइल, उद्योग, कृषि, पर्यटन, र खाद्य क्षेत्रका स्टलहरू रहेका छन्। युवा र प्रविधिमा आधारित यो एक्सपोमा “रोबोट गाइडेड टुर” को व्यवस्था गरिएको छ। प्लस २ वा सोभन्दा माथिका विद्यार्थीलाई लक्षित गर्दै विशेष सत्रहरू आयोजना गरिएका छन्। प्रत्येक दिन विद्यार्थी समूहलाई निशुल्क प्रवेश पासको व्यवस्था गरिएको छ।
एक्सपो अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। आयोजकले एक्सपोमा पाँच लाख दर्शक भित्र्याउने लक्ष्य राखेको छ। बिहान १० देखि दिउँसो ३:३० बजेसम्मको टिकट मूल्य १०० रुपैयाँ र साँझ ४ बजेपछि २०० रुपैयाँ तोकिएको छ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाका अनुसार यो संस्करण प्रविधिमैत्री बनाइएको छ। आयोजकले सम्पूर्ण स्टल अग्रिम बुकिङ गरिसकेको जानकारी दिएको छ। एक्सपोले स्थानीय व्यवसायी, विद्यार्थी, र दर्शकलाई नयाँ सम्भावनाको खोजीमा सघाउने विश्वास गरिएको छ।
विराट एक्सपोले क्षेत्रीय आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्वरोजगार र उद्यमशीलताको प्रवर्द्धन गर्ने यस प्रकारका पहलले देशको अर्थतन्त्रलाई मजबुत बनाउन सहयोग पुर्‍याउने निश्चित छ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300