०९ जेठ २०८२, बिहिबार

विराटनगर मामाघर आएकी नातिनीको हत्या, हजुरबुवा प्रहरीमा नियन्त्रणमा

Logo
आजको अपडेट शनिबार, माघ १९, २०८१

विराटनगर । विराटनगर ५ मा मामाघर आएकी एक जना बालिकाको हत्या गरेपछि शव करेसाबारीमा गाडेको अवस्थामा फेला परेको छ । भारतको बिहारबाट विराटनगर मामाघर आएकी १४ वर्षीया चाँदनी यादवको शव हत्यापछि खाल्डो खनेर गाडिएको अवस्थामा शुक्रबार दिउँसो फेला परेको हो ।

हत्यापछि शव गाडेको आरोपमा अनुसन्धानका लागि प्रहरीले मावलीतर्फका हजुरबुवा ५७ वर्षीय सर्जुग मण्डललाई पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुवा सर्जुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

उनका अनुसार एक हप्ताअघि हत्या गरेर शव गाडेजस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टाले छोपिएको अवस्थामा फेला परेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300