११ जेठ २०८२, शनिबार

जसपाले निर्णय नदिएपछि अध्यादेश राष्ट्रियसभामा पेश नगरिने, सरकारले सहमति खोज्ने

Logo
आजको अपडेट बिहिबार, माघ २४, २०८१

विराटनगर । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले निर्णय नदिएपछि सरकारले बिहीबार बस्ने राष्ट्रिय सभाको बैकठमा अध्यादेश पेश नगर्ने भएको छ ।

बिहीबार मध्यान्ह बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकाले अध्यादेशलाई लिएर सहमति जुटाउने कोशिश भइरहेको बताएको हो ।

बैठकमा सहभागी एक सांसदका अनुसार सरकारले अझै सहमतिको पहल भइरहेकाले अध्यादेशसम्बन्धी प्रस्तावलाई कार्यसूचीमा नराख्न भनेको थियो ।

त्यसपछि राष्ट्रियसभाको आजको बैठकमा अध्यादेश पेश नगर्ने गरी अन्तिम कार्यसूची तयार गरिएको हो। यसअघि जारी गरिएका सम्भावित कार्यसूची यथावत छन् तर अध्यादेश भने कार्यसूचीबाट हटाइएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत पुसमा जारी गरेका ६ अध्यादेश पास गराउन माथिल्लो सदनमा जसपा निर्णायक छ । तल्लो सदनमा कांग्रेस-एमालेको बहुमतले सजिलै पास हुन्छ । तर माथिल्लो सदनमा अध्यादेश पास वा फेल गराउने खेलका निर्णायक जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव छन् ।

राष्ट्रियसभाबाट उक्त अध्यादेश पास गराउन सरकारसँग बहुमत छैन । यस्तोमा दुवैतर्फबाट समर्थन खोजिएको बताउँदै यादवले बिहीबार दिउँसोसम्म पनि पार्टीमा निर्णय गराएका छैनन् । राजकिशोर यादव नेतृतवको कार्यदलले बल्ल प्रतिवेदन बुझाएको छ ।

बिहान ९ बजे बुझाउने भनिएको प्रतिवेदन नै राजकिशोरको कार्यदलले दिउँसो १ बजे बुझाएको छ। जसपाले निर्णयमा ढिलाइ गरेकाले अध्यादेश माथिल्लो सदनमा रोकिएको हो ।

राष्ट्रिय सभामा अहिले यादव नेतृत्वको जसपा नेपालका तीन सांसद छन् । जसपाका तीन सांसद जता उभिए त्यतै बहुमत पुग्न सक्छ । त्यही भएर अहिले जसपा नेपालसँग दुवै गठबन्धनले संवाद तीव्र बनाएका छन् ।

सरकारलाई समर्थन दिए पनि जसपा नेपाल अहिले सरकारमा छैन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि जसपा नेपालसँग सहयोग मागिरहेका छन् । यादवले अध्यादेश पारित गर्न निर्णायक भएपछि मधेश प्रदेशको मुख्यमन्त्रीमा बार्गेनिङ गरेको बताइएको छ।

माओवादी केन्द्र नेतृत्वको विपक्षी गठबन्धनले अध्यादेश असफल गर्ने प्रयास थालेको छ। प्रचण्डले सम्वाद गरिसकेका छन् । तर यादवले आफ्नो पार्टी फुटाइदिएको भन्दै प्रचण्डसँग रिसाएका छन् । उनी समाजवादी मोर्चा छाडेर हिँडेको लामो समय भएको छ। यस्तोमा उनी अहिले दुवै गठबन्धनसँग संवाद छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300