०९ जेठ २०८२, बिहिबार

देवानगञ्ज–२ मा जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारलाई कम्बल

Logo
डुमरलाल मेहता शनिबार, फाल्गुण ०३, २०८१

विराटनगर । देवानगञ्ज गाउँपालिका वडा नम्बर २ ले जेष्ठ नागरिक सम्मान तथा विपन्न परिवारलाई कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ। वडाको आयोजनामा तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।


कार्यक्रममा १० जना जेष्ठ नागरिकलाई माला र दोसल्ला ओढाएर सम्मान गरिएको वडा सदस्य रामकुमार भगतले जानकारी दिनुभयो।

साथै, ५ सयभन्दा बढी विपन्न परिवारलाई कम्बल वितरण गर्ने योजना रहेकोमा पहिलो चरणमा २ सय जनालाई कम्बल वितरण गरिएको र बाँकी कम्बल अर्को दिन वितरण गरिने वडा अध्यक्ष जग नारायण मेहताले बताउनुभयो।


वडा अध्यक्षका अनुसार खरिद गरिएका ५ सय कम्बलमध्ये ३ सय कम्बल गुणस्तर राम्रो नभएकाले फिर्ता पठाइएको थियो। उचित कम्बल उपलब्ध भएपछि बाँकी परिवारलाई वितरण गरिने उहाँले स्पष्ट पार्नुभयो।


कार्यक्रमका प्रमुख अतिथि मन्त्री भण्डारीले जेष्ठ नागरिकको सम्मान गर्नु समाजको नैतिक जिम्मेवारी भएको बताउँदै, “जेष्ठ नागरिकको सम्मानले गाउँ समाजमा आपसी सद्भाव बढ्छ र उहाँहरूको आयु लम्बिन्छ,” भन्नुभयो।
प्रदेश सभा सदस्य रामप्रसाद मेहताले ठूला हलसहितको सडक निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो। त्यस्तै, गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले दमकलको व्यवस्था गर्न आगामी बजेटमा समावेश गर्ने योजना रहेको जानकारी दिनुभयो।


उक्त कार्यक्रममा कोशी प्रदेशका सांसद राम प्रसाद मेहता, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, वडा अध्यक्ष जग नारायण मेहता लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा समाजसेवी, सञ्चारकर्मी, वडा सदस्य तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा मन्त्री रेवती रमण भण्डारी, प्रदेश सभा सदस्य रामप्रसाद मेहता र गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहतालाई समेत माला र दोसल्ला लगाएर सम्मान गरेको थियोे ।

 

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300