०९ जेठ २०८२, बिहिबार

दिल्लीको रेलवे स्टेशनमा भागदौड हुँदा ज्यान गुमाउनेको सङ्ख्या १८ पुग्यो

Logo
आजको अपडेट आइतबार, फाल्गुण ०४, २०८१
तस्बिर : एजेन्सी

भारतको राजधानी नयाँ दिल्लीको रेलवे स्टेशनमा भएको भागदौडको घटनापछि भारत सरकारले मृतकका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ । रेलवेले गरेको क्षतिपूर्ति घोषणा अनुसार मृतकका परिवारलाई जनही १० लाख र घाइतेको उपचारका लागि साढे दुई लाख भारु दिइनेछ ।

गएराति भएको घटनामा अहिलेसम्म १८ जनाको ज्यान गएको पुष्टि भएको लोक नायक अस्पताललाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरूको लोकनायक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेश कुमारका अनुसार यतिबेला अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । सबैजना खतरामुक्त रहेको अस्पतालले जनाएको छ । भारतको प्रयागराजमा चलिरहेको कुम्भमेलामा जानेहरुका कारण रेलवे स्टेशन भित्र र बाहिर खचाखच भरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300