२१ जेठ २०८३, बिहिबार

लायन्स क्लब अन्तर्राष्ट्रिय डिःट्रीक्ट ३२५ सीद्वारा मोरङ कारागार प्राङ्गणमा प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण

Logo
आजको अपडेट मंगलबार, फाल्गुण १३, २०८१

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ सीले मोरङ कारागार प्राङ्गणमा प्रतिक्षालय निर्माण गरेर हस्तान्तरण गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रीक्ट तथा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी यादवले सेवाका क्षेत्रमा लायन्सले धेरै कार्य गर्ने गरेको आफुले देखेको र हाल प्रत्यक्ष रुपमा कार्यक्रममा निम्तो गर्ने डिस्ट्रीक्ट परिवार प्रति आभार ब्यक्त गर्दै लायन्सलाई आफुहरुले बृहत कार्यक्रम मार्फत सम्मान समेत गर्ने बताउनुभयो।

लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसनको १७०० डलर र बाकी ३२५ सि को बजेट गरि करिव ३ लाख रुपैयाँको लागतमा लायन्सको अन्तर्राष्ट्रिय प्रोजेक्ट अन्तर्गत उक्त कार्य भएको र लायन्सले सदैव सेवालाई प्राथमिकतामा राखेर कार्य गर्ने गरेको डिस्ट्रीक्ट गभर्नर लायन विकास अधिकारीले जानकारी दिनुभयो ।

कारागारमा आफ्ना आफन्त भेट्न आउँदा बस्ने स्थानको अभाव मह्सुस हुने गरेको र लायन्सले प्रतिक्षालय निर्माणमा सक्रियता देखाउदै सुरुवात देखि बन्ने प्रक्रिया सम्म सहयोग गर्ने डिस्ट्रीक्ट गभर्नर विकास अधिकारी लगायतका लायन्स नेतृत्वलाई कारागार प्रशासनले धन्यवाद दिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300