११ जेठ २०८२, शनिबार

कोशी प्रदेश सभामुखले महाशिवरात्री एवं अन्य पर्वमा दिए शुभकामना, शिवको महिमा र नेपालसँगको सम्बन्धको चर्चा

Logo
सन्तोष मेहता बुधबार, फाल्गुण १४, २०८१

कोशी प्रदेशका सभामुख अम्बर बहादुर विष्टले  शुभकामना सन्देश जारी गर्दै शिवको महिमा र यसले नेपाली समाजमा पारेको प्रभावका बारेमा चर्चा गरेका छन ।   

हरेक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको दिनमा पर्ने महाशिवरात्री पर्व नेपालीहरुको महान पर्वको रुपमा मनाइने गरेको उल्लेख गर्दै सभामुखले भगवान शिवको सवैभन्दा पवित्र र प्रिय दिन समेत रहेको शिवरात्रीको महिमाका वारेमा चर्चा गरेका छन ।  उनका अनुसार नेपाल र भगवान शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा उल्लिखित गरिएको छ ।

भगवान शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल र निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र र किरातेश्वर महादेवको उदगम थलो नेपालमै रहनु हामी सबैका लागि गर्वको विषय हो। नेपाल सदैव आध्यात्मिक चिन्तन र सांस्कृतिक धरोहरको केन्द्र रहिआएको छ। “‘सत्यम् शिवम् सुन्दरम्’ भन्ने प्राचीन लोकोक्तिका माध्यमबाट हामीलाई असल पक्षको बोध गराइन्छ र रौद्र शक्तिले असत्य र खराब प्रवृत्तिहरूलाई दण्डित गर्दछ ।

यस पर्वले हामीलाई प्रकृतिसँग सहकार्य गरेर सही मार्गमा अगाडि बढ्न प्रेरित गर्दछ ।” सभामुखको शुभकामना सन्देशमा उल्लेख छ ।

  सभामुख  विष्टले मौलिक धर्म संस्कार संस्कृतिको जगेर्ना गर्दै नेपाललाई बिकासको बाटोमा लैजान सबैमा भगवान शिवले प्रेरित गरुन भन्दै, महाशिवरात्री, आदिवासी शेर्पा लगायत बौद्ध धर्मावलम्बी समुदायद्धारा नयाँवर्षको रुपमा मनाइने ग्याल्पो ल्होसार र नेपाली सेना दिवसको समेत सबै नेपालीहरुमा  मंगलमय शुभकामना व्यक्त गरेका छन ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300