२३ आषाढ २०८२, सोमबार

कांग्रेसका एक सय ६५ क्षेत्रीय सभापतिहरूको राष्ट्रिय भेला भैरहवामा

Logo
सन्तोष मेहता सोमबार, फाल्गुण १९, २०८१

विराटनगर । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम हुँदैछ ।

प्रशिक्षणका लागि देशभरका एक सय ६५ क्षेत्रीय सभापतिहरू भेला भएका छन् । पहिलो दिन आज सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम छ ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार आज र भोलि हुने प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापतिसमेत गरेर तीन सय ३० जनाभन्दा धेरै नेता कार्यकर्ताहरू भैरहवा पुगेका छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुनेछ ।

कार्यक्रममा कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधारलगायत उपलब्धि, संविधान र देशको विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आउँदो महाधिवेशन, क्रियाशील सदस्य र आमचुनाव गरी विभिन्न ६ वटा विषयमा प्रस्तुति रहनेछन् ।

क्षेत्रीय सभापतिहरूले वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुई जना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300