

विराटनगर । मैथिल ब्राह्मण महासभा नेपाल, मोरङ जिल्ला कार्य समितिले मानव कल्याणार्थ शिक्षा, स्वास्थ्य एवं संस्कृति संरक्षण हेतु अक्षयकोष स्थापनार्थ श्रीमद् भागवत पुराण सप्ताह ज्ञान महायज्ञको आयोजना गर्ने भएको छ । २०८१ चैत्र ३ देखि ९ गतेसम्म विराटनगर-९ स्थित सिटी प्यालेसमा सञ्चालन हुने उक्त कार्यक्रममा वृन्दावन निवासी कथावाचक आचार्य पं. श्री अभिषेक पाठकको मुखारविन्दबाट कथा श्रवणको अवसर प्राप्त हुने आयोजकले जनाएको छ ।
सात दिनसम्म चल्ने यस कार्यक्रममा प्रथम दिन बिहान १० बजे कलश यात्राबाट कार्यक्रमको शुभारम्भ हुनेछ। प्रत्येक दिन बिहान ७ बजेदेखि पूजन एवं पारायण पाठ, दिउँसो १ बजेदेखि कथा वाचन र साँझ भजन कीर्तन तथा प्रसाद वितरण हुने कार्यतालिका रहेको छ। अन्तिम दिन लक्ष्यदीप-प्रज्वलन एवं हवन पूर्णाहुतिसँगै कार्यक्रमको समापन हुनेछ ।
कार्यक्रमलाई आर्थिक सहयोग गर्ने दाताहरूलाई उनीहरूको योगदान अनुसार विभिन्न उपहार र सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएको छ। थप जानकारीका लागि संयोजक मनोज कुमार मिश्रलाई (९८५२०३४७१७) सम्पर्क गर्न सकिने जनाइएको छ ।