१० जेठ २०८२, शुक्रबार

विराट गोल्डकप : आजको खेल त्रिभूवन आर्मी क्लव र रिजालको मोरङ एफसीबीच

Logo
आजको अपडेट बुधबार, फाल्गुण २१, २०८१

विराटनगर– विराट गोल्डकपको आजको खेल विभागीय टोली त्रिभूवन आर्मी क्लव र रिजालको मोरङ एफसीबीच हुने भएको छ । रिजालको मोरङले उद्घाटन खेलमा भारतको साउथर्न समिति फुटवल क्लव कलकतालाई ३–२ ले पराजित गरी विजयी सुरुवात गरेको हो ।

विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को तेस्रो खेल बुधबार आर्मी क्लव र रिजालको मोरङबीच हुने छ ।

आयोजक समितिका संयोजक नविन रिजालले विराट गोल्डकप हेर्न आउने दर्शकलाई सांस्कृतिक मनोरञ्जन गराएपछि साँझ ६ः३० बजेदेखि फुटवल प्रतियोगिता सुरु हुने बताएका छन् । विराट गोल्डकपको मंगलबार भएको दोस्रो खेलमा विभागीय टोली तथा साविक विजेता एपीएफ फुटवल क्वलले सुदेभा दिल्ली फुटवल क्लवलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको थियो । विराट गोल्डकप फुटवल प्रतियोगिता आयोजक समितिले १० दिनसम्म हुने प्रतियोगिताका लागि १० वटा फुटवल टिमको छनोट गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300