२१ जेठ २०८३, बिहिबार

विराट गोल्डकपको तेस्रो खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लब विजय

रिजालको मोरङ पराजति
Logo
आजको अपडेट बुधबार, फाल्गुण २१, २०८१

विराटनगर– विराट गोल्डकपको बुधबार भएको तेस्रो खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लब विजय भएको छ । विराटनगरस्थित सहिद रंगशालामा जारी ९ औं संस्करणको विराट गोल्डकप आर्मी क्लवले आयोजक टिम रिजालको मोरङ एफसीलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

जितको लागि आर्मी क्लवका निरज चौधरीले गोल गर्दै बुधबारको खेलको नायक बने । उनले पहिलो हाफको ३७ औँ मिनेटमा गरेको गोल नै निर्णायक रहयो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।

पहिलो गोलपछि दबाबमा परेका रिजालको मोरङ खेलभरि संघर्षरत रहयो । तर सफल हुन सकेन । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा रिजालको मोरङ पहिलो हाफमा १–० ले पछि प¥यो । प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार प्राप्त गरेका हुन् ।

विराट गोल्डकपको चौँथो खेल बिहीबार सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300