

विराटनगर– विराट गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा सोमबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज भिड्दै छन् । रात्रीकालिन नवौँ संस्करणको विराट गोल्डकपको आजको खेलका विजेताले उपाधीका लागि फाइनल खेल बुधबार थ्रीस्टारसँग खेल्ने छ ।
पहिलो सेमिफाइनलमा आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई थ्रीस्टारले ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ को फाइनल खेल फाल्गुन २८ गते हुनेछ ।