०९ जेठ २०८२, बिहिबार

एसईईमा पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुँदै, सुधार गृहबाट पनि परीक्षा लिइने

Logo
आजको अपडेट बुधबार, फाल्गुण २८, २०८१

काविराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले आगामी चैत ७ देखि हुने परीक्षाको तयारी पूरा भएको जनाएको छ । सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

पाँच लाख आठ हजार विद्यार्थी सहभागी हुने

यस वर्षको एसईईमा पाँच लाख आठ हजार ३९० जना विद्यार्थी सहभागी हुँदै छन् । नियन्त्रक पौडेलका अनुसार, नियमिततर्फ चार लाख ३३ हजार र ग्रेडवृद्धितर्फ ७५ हजार २४५ जनाले परीक्षा दिनेछन् । हालसम्म २७९ वटा परीक्षा केन्द्रको मात्रै टुंगो लागेको र केन्द्र थप हुने उनले बताए ।

सुधार गृहबाटै परीक्षा लिइने

यस पटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । नियन्त्रक पौडेलका अनुसार, काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिनेछन् । यस्तै, भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

यस्तै, यस वर्षको एसईईमा कीर्तिपुस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुँदै छन् । सो विद्यालयबाट चारजना एचआईभी संक्रमित विद्यार्थीले एसईई दिने नियन्त्रक पौडेलले जानकारी दिए ।

यस वर्षको एसईईको नतिजा लेटर ग्रेडिङ सिष्टम अनुसार नै हुनेछ, जुन गत वर्षदेखि लागु भइसकेको छ । परीक्षा चैत १९ सम्म सञ्चालन हुने तालिका छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300